• आइतबार, १४ भदौ २०८३
  • images

    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल 

    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल 

    ४२ वर्षीय पतिलाई  ३७ वर्षीया पत्नीद्वारा कलेजो दान

    हेल्दीखबर
    बिहीबार , जेठ १८ २०८०
    हेल्दीखबर
    बिहीबार , जेठ १८ २०८०
    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल 
    कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा


    भक्तपुर, १८ जेठ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण सफल भएको छ । 

     प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको कलेजो प्रत्यारोपण जेठ १४ गते दाङका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उहाँकी ३७ वर्षीया आशा सुनारले कलेजो दान गर्नुभएको थिय्यो।
    केन्द्रका कार्यकारी निर्देशक  श्रेष्ठको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा सहयोग गर्न भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालको टोली आएको थियो।

    कलेजो प्रत्यारोपणमा सर्जन डा.रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा.कर्ण राजवंशी सहभागी हुनुहुन्थ्यो। 

    त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा. निभा श्रेष्ठ, डा.शोभित थापा, डा.रेखा श्रेष्ठ, डा.रश्मित श्रेष्ठ, डा.शिवसुन्दर समेत संलग्न हुुनहुन्थ्यो थिए । रेडियोलोजी विभागको नेतृत्व डा.समिर दवाडी, डा विवेक नेपाल, डा.जस्मिन जोशीले गर्नुभएको थियो। 

    पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गर्नुभएको थियो ।

    कलेजो ग्रहणकर्ता र कलेजो दाता दुवैको स्वास्थ्य सामान्य छ । केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताउनुभएको छ। कलेजो दाताले आफूले पूर्णस्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अंगहरु मृत्यूपश्चात दान दिने इच्छा व्यक्त गर्नुभएको छ । 

    केन्द्रले हालसम्म ११ जनाको कलेजो गरिसकेको छ । हालसम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको बताइएको छ । निर्देशक डा श्रेष्ठका अनुसार यस केन्द्रले अंगदान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्येको एक बन्दै ९९ प्रतिशत भन्दा वढी सफलताका साथ मिर्गौैला प्रत्यारोपण भई रहेको बताउनुभयो । उहाँले यस केन्द्रमा १० वर्षको अवधिमा १०६६ जनाको मिर्गौला प्रत्यारोपण भएको बताउनुभयो ।

    liver transplant data sunat.jpg

    त्यसो त यस केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ ।

    निर्देशक श्रेष्ठले पछिल्लो समय गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको र क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइ रहेको बताउनुभयो ।

    Liver transpant team.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार