• आइतबार, १४ भदौ २०८३
  • images

    लकडाउनले गर्दा बढे पाठेघर क्यान्सरका विरामी, समस्या जटिल बन्दै

    लकडाउनले गर्दा बढे पाठेघर क्यान्सरका विरामी, समस्या जटिल बन्दै

    शुक्रबार, माघ १६ २०७७
    शुक्रबार, माघ १६ २०७७
    लकडाउनले गर्दा बढे पाठेघर क्यान्सरका विरामी, समस्या जटिल बन्दै

    काठमाडौं  । कोरोना महामारीका (कोभिड –१९) कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघरको क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीको कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएका महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञले जनाएका छन् ।

    थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यानसर रोगका विशेषज्ञ कृतिपाल सुवेदीले बन्दाबन्दीको कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको बताउनुभयो ।
    समयमा उपचार गरे क्यान्सर रोगसम्म पुग्नुपर्ने अवस्था थिएन उहाँले भन्नुभयो, सामान्य लक्षण देखिएकाहरु पनि बन्दाबन्दी पनि उपचारको लागि अस्पताला नआउँदा सो रोग फैलिएर क्यान्सरसम्म भएको छ ।आफू कहाँ आएको विरामीमध्ये ६ जनामा दुई जनालाई क्यान्सर भएको बताउँनुभयो ।
    डा. सुवेदीले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याको रुपमा आएको हुनाले यस सम्वन्धी जनचेतनाको आवश्यक रहेको जानकारी दिनुभयो । यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले पनि बन्दाबन्दीको कारण पाठेघरका क्यान्सर रोगीहरु धेरै भएको बताउनुभयो ।
    उहाँले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका विरामीहरुलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिनुयभो । बन्दाबन्दीको अगाडि आएका विरामीमा साधारण लक्षणमात्र देखा परेको थियो डा.शाक्यले थप्नुभयो, जुन उपचारले निको हुन्थ्यो अहिले नौ महिना पछि विभिन्न समस्या भएर आएकामा क्यान्सरको लक्षण देखापरिसेको र शल्यक्रिया पनि गर्न नमिल्ले अवस्थामा पुगिसकेका छन् ।
    आफूकहाँ आएका दुई जना ४० तथा पाँच जना ५० वर्ष भन्दा माथि उमेरका महिलाहरु पाठेघर क्यान्सर भइसकेको थियो । बन्दाबन्दी हुनुभन्दा अगाडि डाक्टरको निगरानीमा (फलोअप) हुन आग्रह गरेको भए पनि कोभिडको डरले उपचार नपाएपछि अहिले जटिल रोगले छोएको डा. शाक्यको अनुभव छ ।
    विरामी पनि उपचारको लागि आउन सकेन त्यसले गर्दा उपचार दिन नसकेकोमा चिकित्सकको गुनासो छ । नेपालमा तीव्र रुपमा पाठेघरको क्यान्सर रोगीको संख्या बढिरहेको जानकारी दिदै उहाँले बन्दाबन्दी पनि एकै पटक थु्प्रियको बताउनुभयो ।महिला समयमा उपचार गरएको खण्डमा यस्ता समस्या नहुने पनि डा. शाक्यको दाबी छ ।
    विश्वभरी क्यान्सरका विरामीहरुको तथ्यांक राख्ने ग्लोबोक्यान नामक संस्थाले गरेको अनुमान अनुसार नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका विरामी देखापर्छन् । डा.शाक्य भन्नुहुन्छ, नेपालमा जसरी विरामीहरु बढीरहेका छन् सोही मात्रामा नयाँ अस्पताल बनाउन उपकरण र चाहिने जनशक्ति थप्न अति नै आवश्यक छ । चाँडो रोग पत्ता लागे निको हुने यो रोगको उपचारका लागि बिरामीहरु भने निकै ढिलो मात्रै अस्पताल पुग्ने गरेका छन् उहाँले आफ्नो अनुभव सुनाउँदै महिलाहरु लाजको कारण पनि रोग लुकाउने र जचाँउन नआउने पनि धेरै भइको बताउनुभयो ।
    कसरी हुन्छ महिलाको पाठेघरको मुखको क्यान्सर
    पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ । सेतो पानी बग्ने र योनी चिलाउने जस्ता पाठेघरको मुखको क्यान्सरका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।
    यो ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।
    परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने डा. शाक्यले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार