• आइतबार, १४ भदौ २०८३
  • images

    क्यान्सर रोगको लक्षण र रोकथामका उपाय

    क्यान्सर रोगको लक्षण र रोकथामका उपाय

    बुधबार, भदौ २ २०७८
    बुधबार, भदौ २ २०७८
    क्यान्सर रोगको लक्षण र रोकथामका उपाय

     काठमाडौं । क्यानसर नसर्ने रोग हो । यस रोगले शरिरको जुनसुकै अंगलाई पनि आक्रमण गर्नसक्छ । सबै उमेर समूहका मान्छेलाई लाग्नसक्ने यस रोगले वर्षेनी ७५ लाख मान्छेको ज्यान लिने विश्व स्वास्थ संगठनको तथ्यांकमा उल्लेख छ । सोही तथ्यांक अनुसार प्रतिवर्ष १ करोड २० लाख नयाँ क्यान्सर पीडित थपिन्छन् । विश्वको कुल मृत्युदरको १३ प्रतिशतको मृत्यु क्यान्सरबाट हुने गर्छ । त्यसैले समय समयमा शरिरको पूर्णरुपमा चेकजाँच गराई चिकित्सकसँग परामर्श लिनुपर्छ । सुरुवाती चरणमा उपचार गरेमा यसको रोगथाम भने हुन्छ ।

    क्यानसर रोगका लक्ष्यणहरु

    १. शरीरमा गिर्खा, गाँठगुँठीहरु देखिनु ।
    २. महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुन रक्तस्राव हुनु ।
    ३. महिलाको स्तनमा गाँठागुँठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध वा तरल पदार्थ आउनु, स्तनको मुन्टो गाडिनु ।
    ४. विरामीमा लामो समयसम्म खोकी निको नहुनु, खकारमा रगत देखिनु ।
    ५. मानिसहरुलाई खान, निल्न गाह्रो हुनु, स्वरमा परिवर्तन वा धोद्रो हुनु ।
    ६. लामो समयसम्म घाउ निको नहुनु ।
    ७. मानिसहरुमा लामो समयसम्म दिसा गोटा पर्नु, रगत देखिनु, दिसा पातलो हुनु ।
    ८. व्यक्तिहरुको नाक, मुख वा शरीरका अन्य छिद्रहरुबाट रगत आउनु ।
    ९. मानिसको कोठी वा मुसाको आकारमा एक्कासी परिवर्तन हुनु ।
    १०. छोटो समयमा नै वजन घट्न्, रगत कम हुनु वा ज्वरो आइरहनु ।
    ११. धेरै दिनसम्म टाउको दुखिरहनु, रिंगटा लाग्नु, आँखा धमिलो देखिनु वा कम्पन आउनु ।

    क्यान्सर रोगथामका उपायहरु

    १. चुरोट, बिँडी, सूर्ती, तमाखु र लागु पदार्थको सेवन नगर्ने ।
    २. बासी, सढेगलेको वा ढुसी परेका खानेकुराहरु नखाने ।
    ३. पोलेको, डढेको मासु वा अन्य खानेकुराहरु नखाने ।
    ४. अखाध रंग, अत्यधिक किटनाशक औषधी प्रयोग गरेको खानेकुराहरु नखाने ।
    ५. चिल्लो, बोसोयुक्त खानेकुराहरु र धेरै नुन नखाने ।
    ६. धुलो, धुँवा तथा वातावरणीय प्रदूषणबाट जोगिने ।
    ७. आफ्नो गुप्ताङ्ग सधै सफा गर्ने ।
    ८. विवाहित तथा यौन जिवनमा आवद्ध महिलाहरुले पाठेघरको स्वाव परिक्षण नियमित रुपमा गराउने ।
    ९. महिलाले प्रत्येक महिना आफैले स्तनमा गिर्खा, गाँठागुँठी छ छैन राम्ररी छामेर हेर्ने र छ भने स्वास्थ्यकर्मीसँग सल्लाह लिने ।
    १०. नियमित शारीरिक व्यायाम गर्ने र अनावश्यक मोटोपन घटाउने ।
    ११. मौसम अनुसारको फलफुल, तरकारी, हरियो सागपात र गेडागुडी नियमित रुपले खाने ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार