• आइतबार, १४ भदौ २०८३
  • images

    इजरायल स्याहार केन्द्रमा रोजगारीका  लागि एक हजार ६०० अनमी र सिएमए छानिए

    इजरायल स्याहार केन्द्रमा रोजगारीका  लागि एक हजार ६०० अनमी र सिएमए छानिए

    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    इजरायल स्याहार केन्द्रमा रोजगारीका  लागि एक हजार ६०० अनमी र सिएमए छानिए


    काठमाडौ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जना अनमी तथा सिएमएको नाम सार्वजनिक भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार उनीहरु रोजगारीमा जानेछन् । 

    वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो। नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० उम्मेदवारको नाम सिफारिस गरेको हो । ती मध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रोजगारको लागि जान पाउनेछन् ।    एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको संख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

    लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको थियो । विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

    विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो। सम्झौताअनुसार एक हजार जना इजरायल जानेछन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार