• आइतबार, १४ भदौ २०८३
  • images

    अनमी र सिएमएका लागि रोजगारीको अवसर, तलब दुई लाख

    अनमी र सिएमएका लागि रोजगारीको अवसर, तलब दुई लाख

    हेल्दीखबर
    मंगलबार, साउन १२ २०७८
    हेल्दीखबर
    मंगलबार, साउन १२ २०७८
    अनमी र सिएमएका लागि रोजगारीको अवसर, तलब दुई लाख

    काठमाडौं। अनमी तथा सिएमए पढेकाले पहिलो प्राथमिकता पाउने गरि इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ।  उक्त अवसरमा मासिक कमाई झण्डै २ लाख हुने छ। वैदेशिक रोजगार विभागले आज गोरखापत्र दैनिकमा  सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ।

    विभागको सूचना अनुसार विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सकिने छ।इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने बताएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनेछन्।
    मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
    केयरगिभरमा जान के–के योग्यता चाहिन्छ?

    - नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
    - उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
    - तौल ४५ केजी।
    - शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
    - अंग्रेजी भाषमा दक्ष।
    - शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।
    हेरौं सूचना        isral.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार