काठमाडौं,२४ असार । इजरायलले नेपाललाई भेन्टिलेटरसहित अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलले उक्त सहयोग गरेको हो । नेपाल वायुसेवाको चार्टड उडानमार्फत् उक्त सामग्री बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले उक्त सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ ।
सहसचिव घिमिरेका अनुसार भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, आईसीयूसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गन, मास्कलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्रीहरु इजरायल सरकारले दिएको छ।