• आइतबार, १४ भदौ २०८३
  • images

    सुदूरपश्चिमका बालबालिकामा कुपोषणदर उच्च 

    सुदूरपश्चिमका बालबालिकामा कुपोषणदर उच्च 

    शुक्रबार, माघ ९ २०८२
    शुक्रबार, माघ ९ २०८२
    सुदूरपश्चिमका बालबालिकामा कुपोषणदर उच्च 

    धनगढी,९ माघ । सुदूरपश्चिममा बालबालिकालाई हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ । 

    सन् २०२५ मा स्वास्थ्य निर्देशनालय डोटीले गरेको स्मार्ट प्लस अध्ययन अनुसार ६.५९ महिनाका बालबालिकामा शीघ्र कुपोषणको दर बढेको पाइएको हो। 

    अध्ययन अनुसार बालबालिकामा शीघ्र कुपोषणको दर १५ दशमलव ८ पुगेको पाइएको छ। 

    स्वास्थ्य निर्देशनालयले गरेको अध्ययनले सुदूरपश्चिमका एक सय बालबालिका मध्ये  १६ जना बालबालिकामा उचाई अनुसारको तौल छैन। 

    सन् २०२२ मा नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा यो दर ५ प्रतिशत रहेकोमा अहिले बढेर १५ दशमलव ८ पुगेको हो।

    विश्व स्वास्थ्य संगठन र युनिसेफले शीघ्र कुपोषणको दर १५ वा सो भन्दा बढी हुनुलाई ‘अति उच्च’ को संकेत गर्छ। 

    सुदूरपश्चिम प्रदेशमा यस्तो अवस्था आउनु जनस्वास्थ्य आपतकालको संकेत देखिएको हो । 

    स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको बताउनुभयो । 

    उहाँले  सुदूरपश्चिममा ६ महिनादेखि ५९ महिनासम्मको उमेर समूहमा एक सयमा २५ जना बालबालिकाको उमेर अनुसार भन्दा कम तौल छ । 

    सन् २०२२ मा यो नतिजा एक सयमा १४ जनामा सिमित थियो।

    स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुवरले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई कुपोषण बढ्नुमा नेपाल सरकारले उपलब्ध गराएको बालभिटासमेत सबै बालबालिकाले उपभोग नगरेको अध्ययनले देखाएको बताउनुभयो । 
    सरकारले भिटामिन र मिनरल्सको कमि हुन नदिन स्वास्थ्य स्वयंसेविका मार्फत बालभिटा वितरण गर्दै आएको छ ।  ५५ प्रतिशत बालबालिकाले मात्रै बालभिटा नियमित खाने गरेको पाइएको छ। 

    अध्ययनले ४१ प्रतिशत बालबालिकाको बालभिटा खाएको छैनन् भने ४ प्रतिशत बालबालिका पहुँच भन्दा बाहिर रहेको पाइएको छ।

    अध्ययनले ६८ प्रतिशत आमाले मात्रै ६ महिनासम्म बालबालिकालाई स्तनपान गराउने देखाएको छ। ३२ प्रतिशत महिलाले पूर्णस्तनपान नगराउने गरेको पाइएको छ। बालबालिकाको राम्रो स्वास्थ्यका लागि आमाले ६ महिनासम्म स्तनपान गराउनुपर्नेमा त्यसो नगर्दा बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको हो । 

    आमाले पूर्णस्तनपान नगराउने तथा बालबालिकालाई गुलियो पेय पदार्थ खान दिने, चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रुखाना दिने भएकाले कुपोषणको समस्या देखिएको कुँवरले भनाई छ । 
    ६ देखि २३ महिनाको बालबालिकाको खानामा तरकारी र फलफूल नियमित खुवाउनुपर्नेमा ३१ प्रतिशत बालबालिकाको खानामा तरकारी र फलफुल नहुने गरेकाले शीघ्र कुपोषणको समस्या बढेको अध्ययनले देखाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार