• बिहीबार , २९ असोज २०८३
  • images
    images

    सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

    सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने बताए।

    'कोरोना विरुद्धको खोप बालबालिकालाई लगाउने राष्ट्रिय कार्यक्रमअनरूप पहिलो चरणमा तीन जिल्लाका पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी छ', जनस्वास्थ्य निरीक्षक जोशीले भने, 'दोस्रो चरणमा बाँकी छ जिल्लामा साउन महिनाले उक्त खोप लगाइनेछ।' उनले केन्द्रमा खोप आएपछि जिल्लामा पठाएर स्कूलमा गएर उक्त खोप लगाउने तयारी रहेको बताए।

    images

    ८७ प्रतिशतले लगाए खोप
    कञ्चनपुरमा कोरोना विरुद्धको खोप ८६ दशमलव २ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप इन्चार्ज जनक कुवँरले यहाँ दोस्रो मात्रा गरेर ८७ प्रतिशतभन्दा बढी स्थानीयवासीले कोरोना विरुद्धको खोप लगाइसकेको बताए। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार