• सोमबार, १५ भदौ २०८३
  • images

    सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त

    सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त

    हेल्दीखबर
    शुक्रबार, चैत ४ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत ४ २०७८
    सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त

    कञ्चनपुर । सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ। 
    सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो। अस्पताल व्यवस्थापन समितिको सदस्यमा वीरेन्द्र भट्ट र रघुविर धामी छन्। सुदूरपश्चिम प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल) र टीकापुर अस्पतालमा झपटबहादुर सोडारीलाई नियुक्त गरिएको छ।
    यसैगरी अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरा अस्पतालको अध्यक्षमा मानबहादुर कार्की, बझाङ अस्पतालमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालको अध्यक्षमा पार्वती भट्टलाई नियुक्त गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिमको डोटी अस्पतालबाहेक सबै अस्पतालमा व्यवस्थापन समिति चयन गरेकोे छ। रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार