• आइतबार, १४ भदौ २०८३
  • images

     ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालन गरिने  

     ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालन गरिने  

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
     ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालन गरिने  


    काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालन हुने भएको छ।
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सञ्चालनमा ल्याउने उल्लेख छ।
    नीति तथा कार्यक्रममा सेती प्रादेशिक अस्पताललाई आधुनिक प्रविधियुक्त भौतिक पूर्वाधार सम्पन्न बनाइने उल्लेख गरिएको छ । 
    नीति तथा कार्यक्रममा  सबै अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्नुका साथै स्थानीय तहको साझेदारीमा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिने बताईएको छ।
    यस्तै नेपाल सरकारसँग साझेदारी गरेर गेटा मेडिकल कलेज सञ्चालनमा  ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी  जनताको स्वास्थ्यको ख्याल, सुविधा सम्पन्न अस्पताल अभियान सञ्चालनका लागि सबै जिल्ला अस्पताललाई साधनश्रोत सम्पन्न बनाई विशेषज्ञसहितको सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाईने बताइएको छ। 
    स्थानीय तहसँगको समन्वयमा गर्भवती महिलाको गर्भावस्थाको निःशुल्क परीक्षण गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम विस्तार गरिने, महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने रोग तथा मुटु, कलेजो र मृगौला सम्बन्धी रोगको पहिचान एवं निदान गर्न सबै जिल्लामा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने, सेती, महाकाली र टिकापुर अस्पतालमा हेमोफिलिया, सिकलसेल एनिमिया, थालासेमिया रोगको उपचारको लागि निःशुल्क परीक्षण र औषधि उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

    कोरोना महामारीका समयमा अग्रपक्तिमा रहर उल्लेखनीय योगदान गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिने र  हाम्रो प्रदेश, स्वस्थ प्रदेश अभियान मार्फत क्षयरोग, कुष्ठरोग,कालाजार, डेङ्गु र मलेरिया जस्ता सरुवा रोगको निवारण तथा संस्थागत सुत्केरी अभियान र शुन्य कुपोषणका लागि कार्यक्रम सञ्चालन गरिने ननीति तथा कार्यक्रममा समेटिएको छ।

    सूदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पुर्ण पाठः 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार