मेनुका पोख्रेल `पारिजात ´
एउटा दुधे बालक सुतिरहेको छाना भत्काइयो !
सुत्केरी आमा र बच्चाको बिचल्ली पारियो !
बुढी आमा बसिरहेको पीढि भत्काइयो !
जिउँदो लाश बनिसकेको छ शहर!
मुक दर्शक बनिरहे शहरधनीहरु !
स्कुले सानी नानीको पढ्ने किताब
घर भित्र पुरियो
कलेज गएर घर फर्किदा
घर नै गायब भयो ।
सम्बेदनाहिन बनिसकेको छ शहर !
मुक दर्शक बनिरहे शहर धनीहरु !
डोजर सुशासन थियो कि आतंक ?
राज्य सुकुम्बासी बस्तीमा पस्नु अघि
गास पनि थियो!
वास पनि थियो !
कपास पनि थियो !
आजकाल होल्डिङ सेन्टर भित्र बाढीले
चुर्लुम्ब भएका छन् सुकुम्बासीहरु !
गास, बास, कपास किन बन्द भयो
राज्यसंग सोधिरहेछ दुधे बालक!
पानी समेत बन्द गर्ने
रास्ट्रपिता खोजिरहेछ दुधे बालक !
राज्य राज्य जस्तो भएन गरिबको लागि
मानवताहिन बनिसकेको छ राज्य !
मुक दर्शक बनिरहे नीति-निर्माताहरु !
अझै कति ´गणेश नेपाली´हरु सहिद बन्नु पर्ने हो !
कतिवटा आत्मदाह गरेपछि हाम्रो चेत खुल्ने हो ?
बिरामी बच्चालाई औषधि किन्ने कि बिष ?
अन्योलमा छन् सुत्केरी आमाहरु
समशानघाट बनिसकेको छ शहर !
मुकदर्शक बनिरहे ज्युदा लाशहरु !!