• मंगलबार, २६ साउन २०८३
  • images
    स्वास्थ्य साहित्य

    कविता : हो, म त्यही नर्स हो !!  

    कविता : हो, म त्यही नर्स हो !!  

    सेवामा जुटरहेकी नर्स हो 

    बुधबार, जेठ ३ २०८०
    बुधबार, जेठ ३ २०८०
    कविता : हो, म त्यही नर्स हो !!  

    काठमाडौं, ३ वैशाख । सेतो पहिरनमा सजिएकी
    मन्द मुस्कान लिएर बोलिरहेकी
    आफ्ना पीडा लुकाएर बिरामीका चिराएका घाउमा मलम लाइरहेकी 
    हो, म त्यही नर्स हो!!

    सरुवा रोगको लहर होस् या प्राकृतिक प्रकोप अग्रपंतिमा उभिई सेवा दिइरहेकी! 
    दिनरात नभनी सेवामा जुटरहेकी सेवामै जीवन समर्पित गरेकी
    हो, म त्यति नर्स हो!!

    उमेरले सानै भएपनि जिम्मेवारीले पोख्त भएकी।
    तीतो अनि रुखो बोलिरहँदा पनि सुनिरहेकी।
    सबैलाई माया, दया र हौसला प्रदान गरिरहेकी।
    हो, म त्यति नर्स हो ।

    ( नर्स ताम्राकार सहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत हुनुहुन्छ ।)

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार