• सोमबार, २५ साउन २०८३
  • images
    स्वास्थ्य साहित्य

    कविता: यो देशमा भोली हुँदै हुँदैन

    कविता: यो देशमा भोली हुँदै हुँदैन

    मेनुका पोखरेल

    शुक्रबार, माघ १६ २०८२
    शुक्रबार, माघ १६ २०८२
    कविता: यो देशमा भोली हुँदै हुँदैन

    राष्ट्रको धरोहरहरु दनदनी बलेको बेला
    स्कूले बच्चाहरु रगतको आहालमा ढलेको बेला ।

    अनायास एउटा आशंका जन्माउँछ !
    अब अर्को उज्यालो आउनु अघि नै 
    भुगोलको इतिहासमा मेरो देश बिलाउने पो हो कि !
    त्रासको निहुँमा समयले आफ्नो पंख  बिसाउने पो हो कि !

    कतिले देश जलाएर खरानी बनाए, 
    कतिले लुटपाट र ताण्डव मच्चाए ।


    जताततै नरसंहार मच्चाए, 
    कति आमाका कोख रित्याए ।

    अब पनि 
    यो माटोको मायाले,
    राष्ट्रको धरोहर जलाउनेको  मन रोएन भने !
    यो निश्चित छ, यो देशमा भोली हुँदै हुँदैन ।
    अह यो देशमा भोली कहिल्यैँ हुँदैन !

    (लेखक नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य हुनुहुन्छ ।)

    प्रतिक्रिया दिनुहोस
    थप समाचार