• मंगलबार, २६ साउन २०८३
  • images
    कविता

    छोरी भएर जन्म नलिनु है!

    छोरी भएर जन्म नलिनु है!

    डा. रोजी थपलिया

    बिहीबार , साउन ३१ २०८१
    बिहीबार , साउन ३१ २०८१
    छोरी भएर जन्म नलिनु है!

    डा. रोजी थपलिया

     

    काठमाडौं, ३१ साउन । छोरी तिमीले उता अस्पतालमा स्वतन्त्र भएर डिउटी पूरा गर्न सकेनौ
    आज यता पुरा देश ताम झामका साथ ७८ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ

    तिम्रो सानै देखिको सेतो कोटधारी डाक्टर बन्ने सपना देखेका यी आँखाले
    उधारिएको सेतो कोट, रक्तामे, सेतो अनि रातो नग्न शरीरमा  तिमीलाई देख्न सकिन
    तिम्रो कण्ठबाट  पहिलो पटक निस्किएको प्यारो शब्द "बाबा" अझै याद छ
    तर आज त्यही तिम्रो गला च्यापेर भाँचिएको कण्ठ सम्झिन सक्दिन
    तिमी बामे सर्दै पहिलो चोटि यस धर्तीमा आफ्नै खुट्टामा उभिएको 
    अनि बाबाले आउ भन्दा ढलमल गर्दै बाबा छेउ आई अंगालेको कसरी बिर्सिउ
    तर तिम्रा ती कोमल खुट्टाहरु आफ्नै शरीरबाट दुईतिर छुट्ट्याएका कसरी सम्झनु??
    तिम्रो पछिल्लो जम्नदिनमा तिम्री प्यारी आमाको 
    उपहार 
    तिमीले अहिले लगाउने चस्मा
    फुटाइएर तिम्रो आँखै भित्र गाँडिएर रगत बगिरहेका कसरी सम्झनु??

    अलिकती काँडाले घोच्दा त ऐया आथा गरि रोएर घर उचाल्ने तिमी
    नपशुहरुले तिमीलाई  रक्तामे अनि क्षत बिछ्यत पारेर 
    बलात्कार गरि रहँदा कति हार गुहार अनि रोयौ होला??
    तर तिम्रो आवाज दबाइएको थियो
    घाँटी समाइएको थियो!
    तिमीलाई दुवै खुट्टा दुईतिर हुने गरि बाँधिएको थियो!!
    तिमीले मलाई बचाउ पनि भन्न नसक्ने बनाए!!

    कस्तो सपना देख्यौ छोरी
    जुन पूरा गर्न तिमी सदाकोलागि सुतिरहनु पर्ने भयो
    तिमीले आफ्नै अस्तित्व बिस्तारामा बिसाउनु पर्ने भयो!

    हुन त फुल जस्तै हाम्रा छोरीहरु
    फुलबाट भ्रुण हुन नपाउँदै ओइलिनुपर्छ
    रजस्वला भएकी भन्दै पन्छिन पर्छ
    घरको काम होस् या बाहिरको 
     तिमी नै अघि सर्न पर्छ
    तिमी सुरक्षित कता चै होलाउ र??
    तिमी घर मै त सुरक्षित छैनौ!
    विभिन्न पुरुष पात्रको विभिन्न नजरले तिमीलाई हेर्ने गर्छ!
    तिमीलाई छोरी भएर जन्म लिन कहाँ छुट छ र!
    तिमीलाई एसिड आक्रण, घरेलु हिंसा,योन हिंसा, रुढिबादी, बक्र दृष्टिबाट बचाउन  नसक्ने बुवाहरु मध्य एक हुँ
    मलाई माफ गर छोरी
    तिमीलाई एक्लै घरमै बस्न, मंदिर जान , सार्वजनिक सवारी साधनमा हिढ्न दिन त मुटु काप्थिए!
    एक्लै अस्पतालको  सेमिनार हलमा आरम गर्न कहाँ छुट थियो र??

    सायद तिमी टुक्रा टुक्रा भएपछि
    बल्ल त्यो स्वर्ग लोकमा एक भएकी छ्यौं
    देशको स्वतन्त्रतामा ठाउँ नपाएकी तिमीले
    बल्ल स्वतन्त्र  भएकि छ्यौ 
    यहाँ सबै बेठीक छ
    तिमी त्यही ठीक छ्यौ

    तिमीलाई जन्म दिएर जोगाउन नसक्ने एक लाचार बुवा हुँ
     बिकिसकेको न्यायलयबाट तिमीलाई न्याय दिलाउन सक्छु सक्दिन ?!
    मलाई माफ गर छोरी 
    अर्को पटक यस धर्तीमा छोरी भएर जन्म नलिनु है!
    अर्को पटक यस धर्तीमा छोरी भएर जन्म नलिनु है!!
    छोरी भएर जन्म नलिनु है!!!

    ( प्रसङ्ग हाम्रै छिमेकी राष्ट्र भारतमा चिकित्सा शास्त्र दोश्रो वर्षमा अध्यनरत महिला डाक्टरमाथी अस्पतालमा भएको पिडादायी बलात्कार पछि हत्याको हत्या ।
    उनीमाथि छिट्टै न्याय मिलोस्।)

    प्रतिक्रिया दिनुहोस
    थप समाचार