• आइतबार, १४ भदौ २०८३
  • images

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन

    डा. शेरचन, कार्की र थापा स्वास्थ्य समितिमा

    शुक्रबार, चैत २७ २०८२
    शुक्रबार, चैत २७ २०८२
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन

    काठमाडौँ, २७ चैत । प्रतिनिधि  सभाको आज बसेको बैठकले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन गरेको छ।

     बैठकले विभिन्न दलका सांसदहरूलाई समेट्दै २७ सदस्यीय समिति अनुमोदन गरेको हो।

    समितिमा अच्युतम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरु प्रसाद बराल, चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिला कुमारी गच्छदार, भीम कुमारी बुढा मगर, महावीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, रहवर अंसारी, राजन गौतम, राधिका रम्तेल, रिंगला यादव, लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव तथा सीता थपलिया सदस्य हुनुहुन्छ ।

    नवनिर्मित समितिले शिक्षा, स्वास्थ्य सेवा र सूचना प्रविधिसँग सम्बन्धित नीति, कार्यक्रम तथा कानुन निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समितिले यी क्षेत्रसँग जोडिएका समस्या, सुधारका उपाय तथा कार्यान्वयनको अवस्थाबारे सरकारलाई सुझाव दिनेछ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार