• मंगलबार, २७ असोज २०८३
  • images
    विश्व ध्यान दिवस

    मानसिक स्वास्थ्यका लागि ध्यान गर्न स्वास्थ्यमन्त्रीको सुझाव

    मानसिक स्वास्थ्यका लागि ध्यान गर्न स्वास्थ्यमन्त्रीको सुझाव

    ५० हजार बढीको प्रत्यक्ष सहभागिता

    आइतबार, पुस ६ २०८२
    आइतबार, पुस ६ २०८२
    मानसिक स्वास्थ्यका लागि ध्यान गर्न स्वास्थ्यमन्त्रीको सुझाव

    काठमाडौँ, ६ पुस । आर्ट अफ लिभिङको आयोजनामा नेपालमा पनि दोस्रो ध्यान दिवस मनाइएको छ ।

     डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवस नेपालमा आर्ट अफ लिभिङ नेपालको पहलमा मनाइएको हो । 

    नेपालका महासचिव प्रभुराज वैद्यले  मुलुकभरका विभिन्न स्थानमा गरिएको कार्यक्रममा ५० हजार बढी व्यक्तिले सहभागिता जनाएको जानकारी दिनभयो । उहाँले ध्यानले  शान्ति, मानसिक स्वास्थ्य र सामाजिक सद्भावतर्फ जनस्तरमा बढ्दो प्रतिबद्धता देखाएको बताउनुभयो । 

    dhyan day news.jfif

    यसैक्रममा १ हजारभन्दा बढी सहभागीले विश्व ध्यान दिवसअघि सञ्चालन गरिएको ७ दिने निर्देशित ध्यान यात्रामा निरन्तर सहभागिता जनाउँदै सफलतापूर्वक पूरा गरेका छन् । 

    ध्यान कार्यक्रमहरू विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी कार्यालय, निजी संस्था, प्रहरी इकाइ, सेना प्रतिष्ठान तथा सामुदायिक केन्द्रहरूमा सञ्चालन गरिएका थिए ।

    साता भरि सञ्चालन गरिएका ध्यान सत्रहरू प्रशिक्षित आर्ट अफ लिभिङका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । 

    राष्ट्रियस्तरको मुख्य कार्यक्रम काठमाडौँको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमको उपस्थितिमा आयोजना गरिएको थियो। 

    कार्यक्रममा बोल्नुहुँदै मन्त्री शर्माले ध्यानले मानसिक स्वास्थ्यलाई चुस्त बनाउने बताउनुभयो । पछिल्लो समय परम्परागत स्वास्थ्य सेवा प्रणालीलाई विश्वले अध्ययन गर्न थालेको र यसको महत्व बुझेको भन्नुहुँदै त्यस्ता प्रणाली विज्ञानसँग जोडिएको बताउनुभयो । शर्माले मानसिक स्वास्थ्यका लागि ध्यान महत्वपूर्ण भएको बताउनुभएको छ । 
    दोस्रो विश्व ध्यान दिवसको अवसरमा आईतबार आर्ट अफ लिभिङ नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री शर्माले ध्यान गर्दा मानसिक स्वास्थ्य सुदृढीकरण हुने बताउनुभयो । 
    मन्त्री शर्माले ध्यान, योग र अध्यात्मिक अभ्यासको महत्वमा जोड दिदै ध्यानले छुट्टै उर्जा दिने बताउनुभयो । 
    विश्व ध्यान दिवस गत वर्षदेखि डिसेम्बर २१ मा मानसिक शान्ति, आत्मिक सन्तुलन र समग्र स्वास्थ्य प्रवद्र्धनका लागि मनाइने गरिन्छ । 
    कार्यक्रममा मन्त्री डा। शर्माले बदलिँदो जीवनशैली, तनाव, चिन्ताको  कारण मानसिक स्वास्थ्य समस्या बढिरहेको उल्लेख गर्नुभयो । उहाँले मानसिक स्वास्थ्य समस्याको रोकथाम र व्यवस्थापनमा ध्यान तथा योगजस्ता अभ्यास प्रभावकारी हुने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगको रूपमा बुझ्नुपर्ने भन्दै  सरकारले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिँदै आएको बताउनुभयो । मन्त्री शर्माले समुदायस्तरमै मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 
    उहाँले यसका लागि सरकारी निकाय, गैरसरकारी संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । 

    मन्त्री शर्माले आर्ट अफ लिभिङजस्ता संस्थाले समाजमा सकारात्मक सोच, आत्मअनुशासन र मानसिक सन्तुलन प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता पहलले स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
    कार्यक्रममा मानसिक स्वास्थ्य, ध्यान र योग अभ्यासलाई दैनिक जीवनमा अपनाउने विषयमा पनि छलफल गरिएको थियो। आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वर कुमार सिंहले पूर्वीय दर्शन, योग र ध्यानको महत्वबारे प्रकाश पार्नुभयो । 
    महासचिव प्रभुराज वैद्यले मानिसले जिवनमा योग, ध्यानलाई अवलम्बन गर्ने हो भने नयाँ उर्जा दिने र त्यसले स्वस्थ जिवनयापन गर्नका लागि सहज हुने बताउनुभयो ।

    ‘ध्यान हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको छ । यसले मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ’, उहाँले भन्नुभयो । 

    मन्त्री शर्माले लामो आयुमा बाँचेर मात्र नहुने भन्नुहुँदै स्वस्थ जीवनयापन गर्नु प्रमुख रहेको बतायनुभयो । यसको लागि मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने उहाँको भनाइ थियो ।

    विश्व ध्यान दिवस संयुक्त राष्ट्रसंघद्वारा आधिकारिक रूपमा घोषणा गरिएको दिवस हो र हरेक वर्ष डिसेम्बर २१ मा विश्वभर मनाइन्छ। यस दिवसको उद्देश्य ध्यानलाई आन्तरिक शान्ति, भावनात्मक सन्तुलन तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नु रहेको आर्ट अफ लिभिङ नेपालले जनाएको छ । 

    सन् २०२५ मा मनाइएको यस उत्सव दोस्रो विश्वव्यापी उत्सवको रूपमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार