• मंगलबार, २७ असोज २०८३
  • images

    यतिकेम ग्रुपद्वारा दैवीप्रकोप उद्धार कोषमा ५५ लाख सहयोग

    यतिकेम ग्रुपद्वारा दैवीप्रकोप उद्धार कोषमा ५५ लाख सहयोग

    मंगलबार, भदौ १६ २०८३
    मंगलबार, भदौ १६ २०८३
    यतिकेम ग्रुपद्वारा दैवीप्रकोप उद्धार कोषमा ५५ लाख सहयोग

    काठमाडौँ, १६ भदौ । यतिकेम ग्रुपले हिमबाढी प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग गरेको छ।

    गत १० भदौमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ग्रुपले उक्त रकम कोषमा जम्मा गरेको हो।

    यतिकेम ग्रुपका अध्यक्ष प्रभुराज वैद्य, प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यसहित पदाधिकारी तथा कर्मचारीको टोलीले  सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी सहयोग रकम हस्तान्तरण गरेको हो।

    सहयोग रकम हस्तान्तरण गर्दै यतिकेम ग्रुपका अध्यक्ष वैद्यले प्राकृतिक विपत्तिका बेला राज्यको उद्धार तथा राहत अभियानमा निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले मुलुकमा परेको विपत्तिमा व्यक्ति, व्यवसायिक संस्था तथा सामाजिक संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो।

    राष्ट्रमा विपत्ति पर्दा सबैको साझा दायित्व हुने भन्दै उहाँले राज्यले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनर्निर्माण अभियानमा आफ्नोतर्फबाट पनि योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको स्पष्ट पार्नुभयो । 

    प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यका अनुसार यतिकेम ग्रुपअन्तर्गत यतिकेम डिस्ट्रीब्युटर्स प्रालि, यति फर्माकेम डिस्ट्रीब्युटर्स प्रालि र यति हेल्थ केयर प्रालि सञ्चालनमा रहेका छन्। उहाँले ग्रुप औषधी आयात, वितरण तथा स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको जानकारी दिनुभयो।

    औषधी आयात तथा उत्पादनसँग सम्बन्धित क्षेत्रमा लामो समयदेखि क्रियाशील यतिकेम ग्रुपले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत सहयोग गर्दै आएको जनाएको छ।

    रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र व्यक्तिहरूले उद्धार, राहत तथा पुनर्निर्माणका लागि सहयोग गर्दै आएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार