• सोमबार, १५ भदौ २०८३
  • images

    बागमति प्रदेशका जनस्वास्थ्य प्रमुखको सरुवा

    बागमति प्रदेशका जनस्वास्थ्य प्रमुखको सरुवा

    ललितपुरमा डा.गेलाल, धादिङमा पौडेल, चितवनमा घिमिरे, मकवानपुरमा श्रेष्ठ

    मंगलबार, कात्तिक ११ २०८२
    मंगलबार, कात्तिक ११ २०८२
    बागमति प्रदेशका जनस्वास्थ्य प्रमुखको सरुवा

    काठमाडौँ, ११ कात्तिक । बागमति प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगतका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखहरुको सरुवा भएको छ ।
    बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले जनस्वास्थ्य कार्यालय प्रमुखहरुको सरुवा गरेको हो ।
    बागमति प्रदेश स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार ललितपुर जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा जनस्वास्थ्य प्रशासक डा.खगेश्वर गेलालको सरुवा भएको छ । ललितपुरमा प्रमुखको रुपमा रहनुभएका डा.भुवन पौडेलको बागमति प्रदेश स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । 

    यसैगरी स्वास्थ्य निर्देशनालयबाट अर्जुन पौडेलको सरुवा धादिङ जनस्वास्थ्य कार्यालयमा भएको छ । धादिङमा आठौ तहका जितेन्द्रकुमार शाह हुनुहुन्थ्यो। उहाँलाई स्वास्थ्य मन्त्रालय हेटौँडा सरुवा गरिएको छ । 

    यस्तै मकवानपुर स्वास्थ्य कार्यालयमा किरण श्रेष्ठको सरुवा भएको छ । चितवन स्वास्थ्य कार्यालयको प्रमुखमा स्वास्थ्य  निर्देशनालयमा कार्यरत जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेको सरुवा भएको छ । यसअघि चितवनमा दिनेश रुपाखेती प्रमुख हुनुहुन्थ्यो । रुपाखेतीलाई सरुवा गरेर स्वास्थ्य निर्देशनालयमा ल्याइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार