• मंगलबार, २७ असोज २०८३
  • images

    जर्मनीका राजदूत डा. शैल रुपाखेतीलाई फिर्ता बोलाउने निर्णय 

    जर्मनीका राजदूत डा. शैल रुपाखेतीलाई फिर्ता बोलाउने निर्णय 

    तीन साताभित्र नेपाल फर्किन निर्देशन

    बिहीबार , असोज ३० २०८२
    बिहीबार , असोज ३० २०८२
    जर्मनीका राजदूत डा. शैल रुपाखेतीलाई फिर्ता बोलाउने निर्णय 

    काठमाडौँ, ३० असोज । सरकारले जर्मनीका राजदूत डा शैल रुपाखेती लाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    सरकारले डा रुपखेतीसंगै विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    उहाँ २०९१ मंसिरमा जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको थियो ।

    डा रुपाखेतीलाई प्रधानमन्त्री केपी  शर्मा ओलीको पालामा जर्मनीको राजदूतमा नियुक्त गरेको थियो ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनीका राजदूत  डा रुपाखेतीसहित चीन, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले रुपाखेतीसंगै अन्य  राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।   

     जर्मनीमा डा शैल रुपाखेती,चीनमा प्रा डा कृष्णप्रसाद ओली, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार