• सोमबार, २६ असोज २०८३
  • images

    संसदीय समितिद्वारा डा. शैल रुपाखेतीलाई  जर्मनीको राजदूतमा अनुमोदन 

    संसदीय समितिद्वारा डा. शैल रुपाखेतीलाई  जर्मनीको राजदूतमा अनुमोदन 

    बिहीबार , असोज ३ २०८१
    बिहीबार , असोज ३ २०८१
    संसदीय समितिद्वारा डा. शैल रुपाखेतीलाई  जर्मनीको राजदूतमा अनुमोदन 

    काठमाडौँ, ३ असोज । संसदीय सुनुवाई समितिले डा. शैल रुपाखेतीको नाम जर्मनीका लागि नेपालको राजदूतमा अनुमोदन गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले रुपाखेतीलाई जर्मनीका लागि नेपाली राजदूतमा अनुमोदन गरेको हो ।
    सिफारिस भएका १७ मध्ये १६ जनाको नाम राजदूतका लागि अनुमोदन गरेको थियो । 

    अब उनले जर्मनीसंगै पूर्वी उत्तरी र दक्षिणी युरोपका अरु नौ वटा मुलुकको गैरआवासीय नेपाली राजदूतको भूमिका समेत निर्वाह गर्नेछन् ।

    समितिले बिहीबार नै चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन गरेको छ ।

    यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

    श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार