• सोमबार, २६ असोज २०८३
  • images

    जर्मनको राजदूतमा सिफारिस डा. शैलका यस्ता छन् कार्ययोजना 

    जर्मनको राजदूतमा सिफारिस डा. शैलका यस्ता छन् कार्ययोजना 

    आइतबार, भदौ १६ २०८१
    आइतबार, भदौ १६ २०८१
    जर्मनको राजदूतमा सिफारिस डा. शैलका यस्ता छन् कार्ययोजना 

    काठमाडौँ, १६ भदौ । जर्मनीको राजदूतमा सिफारिस भएका डा शैल रुपाखेतीले संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश गरेका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत रुपाखेतीले १९ पेज लामो कार्य योजना पेस गरेका हुन् ।

    उनले पेस गरेको कार्य योजनामा आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने जनाएका छन् ।


    त्यसैगरी उच्चस्तरीय भ्रमण, वैदेशिक सहायता र दुई देशबिचको सम्बन्धलाई थप उचाइमा लैजाने रुपाखेतीको कार्य योजनामा समेटिएको छ ।

    डा रुपाखेतीलाई जर्मनीको राजदूतमा सिपारिस गर्दा पूर्वी उत्तरी र दक्षिणी युरोपका अरु ९ मुलुकको गैरआवासीय नेपाली राजदूतको भूमिका समेत दिइएको छ । बैठकमा उनले ती देशसंग समेत सम्वन्ध विस्तार गरी देशका हितका लागि काम गर्ने योजना सुनएका थिए ।

    गत १४ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई जर्मनीसहित विभिन्न देशका लागि सिफारिस राजदूतहरूको सिफारिस गरेको थियो । त्यसबेला सिफारिसमा परेकाहरुको सुनुवाइ आजबाट सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार