• आइतबार, १४ भदौ २०८३
  • images

    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलित

    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलित

    नयाँ  ऐनको विरोधमा ८८ वटै स्थानीय तहमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्दको घोषणा

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलित

    काठमाडौँ, ४ साउन । सुदूरपश्चिमका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

    सुदूरपश्चिम प्रदेशले हालै जारी गरेको स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ मा भएका कतिपय प्रावधानको बिरोधमा स्वास्थ्यकर्मीहरुले बन्दको आव्हान गरेका हुन् ।

    स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिम प्रदेशले  सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेका छन् ।
    सो ऐनको दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम संघीय सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरुको सेवा अवधी यस ऐन प्रारम्भ हुँदाका बखत ५ वर्ष सेवा अवधी पुरा भएको भए एक पटकका लागि एक तह बृद्धि गरिनेछ भन्ने प्रावधान राखिएको छ । 

    उनीहरुले यस प्रावधानले स्वास्थ्य सेवा ऐन २०५३ को बरखिलाप गई कर्मचारीहरुको सेवा सुविधा बृद्धि विकास रोक्ने भन्दै आफूहरु विरोधमा उत्रिन परेको संघर्ष समिति संयोजक राजेन्द्रसिंह साउदद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्तीमा भनिएको छ,'नयाँ ऐनमा एक पटक स्तरबृद्धि गराए र अन्य कर्मचारीहरुको स्तर बृद्धि हुने काममा बाधा बन्द भएको महसुस गरेको छौँ ।'

     प्रमुख सरोकारवाला पक्षसंग छलफल परामर्स नगरी ल्याइएको ऐनले आफूहरुलाई विभेद गरिएको महसुस भएको समेत उल्लेख छ ।

    उनीहरुले असार महिनाको मासिक रिर्पोट पनि डीएचआईएस२ मा प्रविष्टि नगर्ने स्पष्ट पारेका छन् ।

    हेरौं  विज्ञप्ती:

    supa.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार