• बुधबार, २८ असोज २०८३
  • images

    नेपाली औषधि उद्योगको वार्षिक कारोबार ३५ अर्ब बढी

    नेपाली औषधि उद्योगको वार्षिक कारोबार ३५ अर्ब बढी

    पाँच कम्पनीको कारोबार २५० अर्ब

    शनिबार, वैशाख ६ २०८२
    शनिबार, वैशाख ६ २०८२
    नेपाली औषधि उद्योगको वार्षिक कारोबार ३५ अर्ब बढी

    काठमाडौँ, ६ वैशाख । नेपाली औषधि उद्योगको प्रगति सुधारोन्मुख देखिएको छ । 
    नेपाल औषधि उत्पादक संघ (एपोन) ले आर्थिक वर्ष २०८०÷८१ को नेपाली औषधि उद्योगको विक्रीवितरण तथ्याङ्क सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नेपाली औषधि उद्योगको प्रगति सुधारोन्मुख देखाएको हो । 
    कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा उधोग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगले एक वर्षको अन्र्तरालमा ३५ दशमलब २ अर्बको कारोबार गर्न सफल भएको जानकारी दिनुभयो । 
    एपोनका अनुसार यो तथ्यांक एपोनका सदस्य रहेका ७६ उद्योग तथा बजारीकरण गरिरहेका ६७ औषधि उधोगको विवरण हो।

    उहाँले एघार नेपाली औषधि उद्योगले आर्थिक वर्ष २०८०÷८१ मा एक सय करोड भन्दा बढीको औषधि बिक्री गरेको जानकारी दिनुभयो । उहाँले विभिन्न औषधि उधोगहरुले आर्थिक वर्ष २०८०÷८१ मा गरेको बिक्री तथ्याङ्कको आधारमा ती एघार कम्पनीले एक अर्ब भन्दा बढीको कारोबार गर्न सफल भएको जानकारी दिनुभएको हो । 
    श्रेष्ठका अनुसार ती मध्ये पाँच औषधि उद्योगको कारोबार २५० करोड भन्दा बढी रहेको छ । 
    नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष  सन्तोष बरालले नेपाल औषधि उद्योगले अधिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष २० प्रतिशतले औषधि विक्रिवितरण बढेको जानकारी गराउनुभयो । 
    २०८०÷८१ मा नेपाली कम्पनीले २० प्रतिशत व्यापार बढाएका छन्, बरालले भन्नुभयो,“त्यसमा नयाँ आएका उद्योग रहेका छन् ।”
    उहाँले यस आर्थिक वर्षमा नयाँ औषधि उद्योगको सेल्सग्रोथ १७ प्रतिशत र  पुराना उधोगको सेल्सग्रोथ ९ प्रतिशत को हाराहारीमा रहेको जानकारी गराउनुभयो । 

    आर्थिक वर्ष २०७९÷८० मा २९.३६ अर्बको विक्रिवितरण गरेकोमा यो आर्थिक वर्ष २०८०÷८१ मा ३५.२ अर्बको बिक्री हुँदा १९.८९ प्रतिशतको सेल्सग्रोथ भएको हो।

    ६७ औषधि उधोगको सबैभन्दा कम ६ करोडको कारोवार गर्ने देखि ३ सय ५० करोड सम्मको गरेका छन्।

    करिव ७० प्रतिशत अर्थात ४५ औषधि उद्योगको कारोवार १५ करोड भन्दा कम छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार