• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट सुरु

    नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट सुरु

    सोमबार, मंसिर १० २०८१
    सोमबार, मंसिर १० २०८१
    नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट सुरु

    काठमाडौँ, १० मंसिर । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रको (ब्लड बैंक) सेवा  आजबाट पुन: प्रदर्शनीमार्ग बाट दिन सुरु गरेको छ ।


    १२ बैशाख २०७२ को महाभूकम्पबाट क्षति पुगेपछि प्रदर्शनीमार्गबाट ललितपुरको बालकुमारी र काठमाडौँको ताहचल सरेको थियो ।
    भूकम्पले क्षति पुगेको पुरानो संरचना हटाएर थाइ रेडक्रसको सहयोगमा बनेको प्रदर्शनी मार्गको नयाँ भवनमा रेडक्रस केन्द्रीय कार्यालय ताहचल हाता भित्रको ब्लड बैंक प्रदर्शनीमार्गमा सरेको  हो ।

    images


    ब्लड बैंकका निर्देशक पवनकुमार गुप्ताले झन्डै  ९ वर्ष पछि  ब्लड बैंकले  प्रदर्शनीमार्गबाट सेवा दिन सुरु गरेको बताए ।

    ‘अब रेडक्रसद्धारा सञ्चालित ब्लड बैंक सेवा प्रदर्शनीमार्ग (भृकुटीमण्डप)को नयाँ ब्लडबैंक भवनबाट सुरु भएको छ । आजैबाट हामीले सेवा थालेका छौँ । यो ब्लड बैंक पहिलेको भन्दा अत्याधुनिक हुन्छ । यसका लागि मेसिन खरीद तथा जडानको काम केही बाँकी छ । केही महिनापछि यसको सेवा विस्तार हुन्छ । आजबाट हामीले ताहचलबाट दिईरहेको सेवा यताबाट दिन थालेका छौँ,’ निर्देशक गुप्ताले भने ।

    भूकम्पले क्षति पुगेपछि ब्लड बैंक सुरुमा बालकुमारी सरेको थियो । त्यहाँ अपायक भएको गुनासो बढेपछि ताहचल सरेको थियो । प्रदर्शनी मार्गमा आएपछि भने सेवाग्राहीलाई थप सहज र सेन्टर पर्ने भएको छ ।

    नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साल साउन १२ गते देखि रक्त सञ्चार सेवा दिन थालेको हो ।

    Screenshot_20241125_221401_Lite.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार