काठमाडौँ, २० असार । नेपाल औषधि उत्पादक संघ (एपोन)ले सरकारलाई ४० लाख बराबरको औषधि सहयोग गरेको छ । बाढी पीडित तथा कोरोना संक्रमितका लागि राहत होस भन्ने उद्देस्यले औषधि उत्पादक संघले उक्त औषधि सहयोग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई उक्त औषधि वितरण गर्नुभयो । एपोनमा आवद्ध ५० वटा कम्पनीले उपलव्ध गराएको १४६ प्रकारका औषधिहरु अध्यक्ष क्षेत्रीले स्वास्थ्य सचिव अर्याललाई वितरण गर्नुभएको हो ।
अध्यक्ष क्षेत्रीले सरकारलाई संकट परेका बेला स्वदेशी उद्योगहरुले सधैभरी काध थाप्ने गरेको बताउनुुभयो । उहााले यो पटक एपोनले कोरोना महामारी र बाढी पहिलोको चेपेटामा परेका नागरिकको उपचारमा प्रयोग गर्न औषधि उपलव्ध गराएको बताउनुुभयो । क्षेत्रीले कोरोना महामारीमा तथा नाकाबन्दीका बेला विदेशबाट औषधि नआउने भन्दै स्वदेश उद्योगलाई प्रोत्साहन गर्न सरकारसंग अनुुरोध गर्नुुभयो ।
एपोनका महासचिव विप्लव अधिकारीले बाढी पहिरो पिडीत तथा कोरोना महामारीमा सरकारले आवश्यक ठानेको ठाँउमा वितरण गर्ने गरी औषधि उपलव्ध गराएका जानकारी दिनुुभयो ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले औषधि उत्पादकले गरेको सहयोगप्रति धन्यवाद दिदैं आपतका बेला निजी क्षेत्रले गरेको सहयोगको उच्च मुल्यांकन हुने बताउनुुयभे । उहाँले स्वदेशी उत्पादन बढाउन फर्मा कम्पनीहरुले क्षमता बढाउनुपर्ने बताउनुुभयो । स्वदेशी कम्पनीको विकासका लागि सरकारले सहयोग गर्ने समेत बताउनुुभयो ।