काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि विक्री–वितरण गर्ने औषधि पसलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभागले २०७७ ०७८ गरेको अनुगनमा ८७ औषधि पसललाई कारबाही गरेको छ। औषधि व्यवस्था विभागले देशका विभागले अनुगमनका क्रममा औषधि पसलहरुले कानुन अनुसार काम नगरेको पाइएपछि निलम्बन गरेको हो।
विभागले ८७ वटा औषधि पसलमध्ये कसुरका आधारमा ७ देखि ४५ दिनसम्म निलम्बन गरेको छ।
निलम्बनमा पर्नेमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, गोरखा, कास्की, तनहुँ, लमजुङ र नुवाकोट जिल्लाका औषधि पसललाई निलम्बन गरेको हो।
औषधि विक्रेता तथा वितरकले आफ्नो नाम र पसल वा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि सरकारलाई छलेर दर्ताविनै सञ्चालन गरिएको पाइएको छ ।
अवैध रूपमा सञ्चालन भइरहेका यस्ता फार्मेसीले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत खुलेआम विक्री गर्दै आएको विभागको अनुगमनमा भेटिएको छ । औषधि ऐन, २०३५ अनुसार औषधि पसलहरूले आफूलाई रीतपूर्वक विभागमा दर्ता गराउनुपर्ने हुन्छ ।