• सोमबार, २५ साउन २०८३
  • images

     नेपाली औषधी उद्योगको प्रवर्द्धनका लागि वैशाखमा फर्मा एक्स्पो हुने

     नेपाली औषधी उद्योगको प्रवर्द्धनका लागि वैशाखमा फर्मा एक्स्पो हुने

    हेल्दीखबर
    शुक्रबार, फागुन २० २०७८
    हेल्दीखबर
    शुक्रबार, फागुन २० २०७८
     नेपाली औषधी उद्योगको प्रवर्द्धनका लागि वैशाखमा फर्मा एक्स्पो हुने

    काठमाडौँ । नेपाल औषधी उत्पादक संघ (एपोन)को आयोजनामा आठौं नेपाल फर्मा एक्स्पो हुने भएको छ। आउँदो वैशाख ९ देखि ११ गतेसम्म उक्त एक्स्पो हुने छ। शुक्रबार नेपाल औषधी उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक जि नारायण क्षत्रीले  आठौं फर्मा एक्स्पो चितवनको प्रर्दशनी केन्द्रमा वैशाख ९ देखि ११ गतेसम्म हुने जानकारी दिनुभयो।  यसअघि फागुनमा हुने भनिएको एक्स्पो  कोभिड-१९ को संक्रमणको जोखिमका कारण मिति सारिएको थियो। उहाँले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको बताउनुभयो । संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले एक्स्पोले नेपाली औसधि कम्पनीको प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउनुभयो ।  यस्तै, संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले नेपालमा भित्रिएका नयाँ प्रविधिलाई अवलोकन गर्न एक्स्पोको आयोजना गरिएको बताउनुभयो । उक्त एक्स्पोमा  १६० स्टल राखिने जानकारी दिनुभयो । उहाँले एक्स्पोमा नेपालका र विदेशका औषधी उद्याेग र त्यसमा प्रयाेग भएका प्रविधीकाे प्रदर्शनी हुने जानकारी गराउनुभयो। एपोनका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले नेपालका औषधी उद्याेगले नेपालमा वर्षकाे ६० अर्वकाे काराेबार गर्ने गरेको बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार