• बुधबार, २८ असोज २०८३
  • images

    औषधि व्यवस्था विभागमा तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर

    औषधि व्यवस्था विभागमा तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर

    शुक्रबार, साउन २२ २०८३
    शुक्रबार, साउन २२ २०८३
    औषधि व्यवस्था विभागमा तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर

    काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभाग र त्यस मातहतका निकायमा कार्यरत तीन जना वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको छ।

    गत साउन १९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गर्नुभएको छ।

    यस्तै, राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत औषधि व्यवस्थापक सङ्गीता साहलाई औषधि व्यवस्था विभागको वीरगञ्ज शाखामा सरुवा गर्नुभएको छ भने वीरगञ्ज शाखामा कार्यरत औषधि व्यवस्थापक शम्भू साहलाई औषधि व्यवस्था विभागको केन्द्रीय कार्यालयमा सरुवा गर्नुभएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सामान्यतः नवौँ र दशौँ तहका कर्मचारीको सरुवा सचिवस्तरको निर्णयबाट हुने अभ्यास रहँदै आएको छ। एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीको सरुवा भने मन्त्रिस्तरीय निर्णयबाट हुने परम्परा रहेको मन्त्रालय स्रोतले बताउनुभएको छ।

    यसपटक भने नवौँ र दशौँ तहका कर्मचारीको सरुवासमेत मन्त्रिस्तरीय निर्णयबाट गरिएको छ। यस निर्णयलाई लिएर मन्त्रालय तथा कर्मचारी वृत्तमा विभिन्न किसिमका प्रतिक्रिया व्यक्त भएका छन्।

    यसअघि मन्त्री मेहताले कर्मचारी सरुवाको विषयमा प्रशासनिक प्रक्रियाअनुसार निर्णय हुने धारणा सार्वजनिक गर्नुभएको थियो। पछिल्लो सरुवा निर्णयपछि भने मन्त्रालयभित्र तथा कर्मचारी वृत्तमा सरुवा प्रक्रियाबारे विभिन्न टिप्पणी र छलफल हुन थालेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार