• आइतबार, १४ भदौ २०८३
  • images
    कलेजो प्रत्यारोपणमा अब्बल धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

    एकै वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण

    एकै वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण

    चौलागाइ १० औं दिनमा सकुशल डिस्चार्ज

    बुधबार, जेठ २३ २०८१
    बुधबार, जेठ २३ २०८१
    एकै वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण

    भक्तपुर, २३ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा अब्बल बन्दै गएको छ । 
    केन्द्रले यो वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । केन्द्रले हालसम्म २५ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । 
    पछिल्ले समय उक्त केन्द्रमा कलेजो प्रत्यारोपणले निरन्तर गति लिन सुरु गरेको छ । केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन आज सकुशल डिस्चार्ज भएका छन् । उनलाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन । बरिष्ठ कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ जनाको कलेजो प्रत्यारोपण भईसकेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । 


    केन्द्र स्थापना भएको  १२ वर्षमै देशको सबैभन्दा धेरै  एक हजार २४८ जना मिर्गौला  र २५ जनाको कलेजो प्रत्यारोपण भईसकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ र वार्षिक करीब २ अरब रुपैयाँ देशमै संचिति गरेको छ ।  

    liver transplanttt25.jpg
      

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार