• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम

    स्वास्थ्य सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम

    सर्वोच्चले दियो अन्तरिम आदेश

    बिहीबार , चैत ८ २०८०
    बिहीबार , चैत ८ २०८०
    स्वास्थ्य सेवामा  प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम

     

    काठमाडौँ, ८ चैत । सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृत स्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ।

    नेपाल चिकित्सक संघ (एनएमए) ले गत मंगलबार नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा सर्वोच्चले आज फैसला गर्दै सो आदेश जारी गरेको हो।


    न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेश समेत जारी गरेको छ ।


    स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

    तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए। नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले सो विज्ञापन ऐन विपरित भएको भन्दै संघ अदालत गएको जानकारी दिए । 
    रिटमा संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाह पथ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलालय सिंहदरवार, लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगर सहित १८ वटा सरकारी निकायहरुलाई विपक्षी बनाएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार