• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

     आईभीएफ शिविर रोक्न मेडिकल काउन्सिलको पत्राचार

     आईभीएफ शिविर रोक्न मेडिकल काउन्सिलको पत्राचार

    बुधबार, वैशाख २ २०८३
    बुधबार, वैशाख २ २०८३
     आईभीएफ शिविर रोक्न मेडिकल काउन्सिलको पत्राचार
    नेपाल मेडिकल काउन्सिल

    काठमाडौं, २ वैशाख। काठमाडौँस्थित होटल याक एण्ड यतिमा आयोजना गर्न लागिएको आईभीएफ (इन–भिट्रो फर्टिलाइजेशन) सम्बन्धी परामर्श सेवा शिविर रोक्न नेपाल मेडिकल काउन्सिलले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

    काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले उक्त शिविर सञ्चालन गर्ने विदेशी संस्था तथा त्यसमा सहभागी हुने भनिएका भारतीय चिकित्सक जयदीप मलहोत्रा र नरेन्द्र मलहोत्रा ले आवश्यक पूर्व स्वीकृति नलिई कार्यक्रममा संलग्न हुने प्रचार गरिएको जानकारी दिनुभयो ।

     सोही कारण शिविर रोक्न प्रशासनसमक्ष अनुरोध गरिएको जनाइएको छ।

    सामाजिक सञ्जालमार्फत प्रचार गरिएको सूचनामा ती चिकित्सकहरू भारतस्थित एआरटी रेन्बो आईभीएफसँग आबद्ध विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्थ्यो।

    काउन्सिलका रजिष्ट्रार डा देवका अनुसार काउन्सिलको अनुमति बिना कुनै पनि विदेशी वा स्वदेशी संस्था तथा चिकित्सकले नेपालमा चिकित्सा सेवा, परामर्श वा स्वास्थ्य शिविर सञ्चालन गर्न नपाउने व्यवस्था रहेको छ। उहाँले यस प्रकरणमा सोही कानुनी प्रावधान उल्लंघन भएको देखिएकाले आवश्यक कारबाहीका लागि प्रशासनलाई जानकारी गराइएको बताउनुभएको छ।

    उहाँका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि काउन्सिलमा दर्ता र पूर्व स्वीकृति अनिवार्य हुने व्यवस्था छ। उक्त व्यवस्था उल्लंघन भएको पाइएपछि सम्बन्धित निकायलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
    हेरौँ काउन्सिलको सूचनाः

    notice.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार