काठमाडौं । नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। शनिबार भएको एक दिने सम्मेलनले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो।
उक्त सम्मेलनमा विभिन्न पाँच ५ वटा विषयमा छलफल भएको थियो। उक्त छलफलका आधारमा नै संघले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो।
सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाजस्ता महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिनुभयो।
संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी”एब्ल्म्भ्ःक्ष्ऋ एच्भ्एब्च्भ्म्ल्भ्क्क् क्ष्ल् ल्भ्एब्ी नामक सन्देशको तर्जुमा गरेर ज्ञकत ल्ःब् ल्बतष्यलब िज्भबतिज क्गmmष्त(द्दण्द्दज्ञ को आयोजना गरेकोमा समेत देउवाले खुसी व्यक्त गरे।
संघका अध्यक्ष डा लोचन कार्कीले विश्व कोभिड–१९ को महामारीसँग निरन्तर जुँधिरहेको र यसका लागि विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर संचालन भई रहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउँन सम्मेलन आयोजना गरिएको स्पष्ट पारे।
सम्मेलनले जारी गरेको १२ बुँदे घोषणा
१। नेपाल चिकित्सक संघको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०७८ मा हामी सम्पूर्ण पदाधिकारी र विज्ञ समुहको उपस्थितिमा कोभिड–१९ को तयारी र प्रतिकार्यका विषयमा गहन छलफलगरी यस घोषणा पत्रमा सबैको सहमति व्यक्त गर्दछौं।
२। नेपालमा कोभिड–१९ को जोखिम कायमै छ। यसको असर स्वास्थ्य र गैर स्वास्थ्य क्षेत्रमा गम्भीर रुपमा परिरहेको छ। यसले जेष्ठ नागरिक, बालबालिका, गर्भवति र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरुमा विशेष असर पारेको छ भन्ने नेपाल चिकित्सक संघको निष्कर्ष छ।
३। कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं। साथै, यस विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत यस कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दर्छौं।
४। स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृतिविकासको लागि स्वस्थ्यसेवा ऐनलाई परिमार्जन गर्दै र चिकित्सक ऐनको विकास गर्नुपर्दछ।
५। महामारी लगायत अन्य जनस्वास्थ विपत्को स्थितिको पूर्वतयारी र प्रतिकार्यको लागि सबल र सक्षम जनशक्तिको आवश्यकता छ। स्वास्थ्य क्षेत्रमा जनशक्तिको यथोचित प्रक्षेपण, वृतिविकास, सुविधा र सुरक्षाको व्यवस्था हुनजरुरी छ।
६। कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षिय सहकार्य अपरिहार्य छ। तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ। माहामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ। स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्कस संघले अझ बढी संवेदनशिल र जागरुक भइ अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
७। कोभिड–१९ जस्तो विश्व महामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामाग्रीको प्राप्तीका लागि नेपालले कति संघर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाह भएकै विषय हो। तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामाग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ। त्यसैले स्वास्थ्यसँग सम्बन्धीत सामाग्रीहरुको स्वदेशमै उत्पादन गर्नका लागि संघको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाई छ।
८। महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्ययोचित रुपमा निशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो। यसका साथसाथै अन्य देशले सहयोग गरेको र खरिद गरिएको खोपको उचित भण्डारण र समतामुलक पहुँचको सुनिश्चितता गरिनु पर्छ। साथै सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययन लगायत थप पहल गर्नुपर्ने देखिन्छ।
९। भविष्यमा खोप वा अन्य औषधिको आपतकालिन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्छ भन्ने पनि हाम्रो ठहर छ। ताकी भोलीका दिनमा कुनैपनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहुन् बरु सहयोगी बनुन्। तसर्थ यो अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा हामी सहयोगी भूमिका निर्वाह गर्नेछौं।
१०। संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढगर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबिच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर छ। यसकालागि कुशल नेतृत्वको विकास लगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसकालागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनु पर्दछ।
११। नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनकालगि अन्वेषण र अविष्कारलाई हामीसबै मिलेर प्रवर्धन गर्नपर्छ।
१२। महामारीमा सुचना प्रणालीलाई अझ बैज्ञानिक र प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकाश गरिनुपर्छ।