• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य समस्या पर्यो ? ११५६ नम्बरमा फोन गर्नुहोस्

    स्वास्थ्य समस्या पर्यो ? ११५६ नम्बरमा फोन गर्नुहोस्

    कोरोना संक्रमितले पनि बिहान ८ देखि बेलुकी ८ बजेसम्म फोन गर्न सक्ने

    हेल्दीखबर
    मंगलबार, माघ ११ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ ११ २०७८
    स्वास्थ्य समस्या पर्यो ? ११५६ नम्बरमा फोन गर्नुहोस्

    काठमाडौं । कोरोना संक्रमण बढ्न  थालेपछि नेपाल चिकित्सक संघले पुनः  हटलाइन नम्बर संचालनमा ल्याएको छ। कोरोना भाइरस लगायत अन्य स्वास्थ्य समस्या परेको अवस्थामा अब  ११५६ नम्बरमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिने भएको छ। संघले विज्ञप्ति जारी गर्दै कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई लक्षित गरी संघले आजदेखि कल सेन्टर सुरु गरेको जानकारी दिएको छ।आजदेखि सञ्चालनमा आएको कल सेन्टर बाट प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म परामर्श दिइने उनको भनाइ छ ।
    नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले  कोभिड कल सेन्टर नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा प्रत्येक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क राखी आवश्यक स्वास्थ्य परामर्श लिन सक्ने डा. रिजालको भनाई छ ।bigyapti-744x1024.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार