• शनिबार, १ कात्तिक २०८३
  • images

    न्याय क्षेत्रलाई ठप्प पारेर गरिएको आन्दोलनले राष्ट्रको गरिमामा आँच पुग्यो: चिकित्सक संघ

    न्याय क्षेत्रलाई ठप्प पारेर गरिएको आन्दोलनले राष्ट्रको गरिमामा आँच पुग्यो: चिकित्सक संघ

    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
    न्याय क्षेत्रलाई ठप्प पारेर गरिएको आन्दोलनले राष्ट्रको गरिमामा आँच पुग्यो: चिकित्सक संघ

      काठमाडौं । नेपाल चिकित्सक संघले न्याय क्षेत्रलाई ठप्प पारेर गरिएको आन्दोलनले राष्ट्रको गरिमामा आँच पुगेको बताएको छ। संघले  विज्ञप्ति जारी गर्दै  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध भइरहेको आन्दोलनमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 
    चिकित्सक संघले नेपाल बार एसोसिएसनबाट गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको भन्दै कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भएको बताएको छ।  न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथी गम्भीर आँच पुर्याएको  संघको ठहर छ । 
    चिकित्सक संघले  सम्मानीत अदालतको गरिमालाई जोगाउनका लागि छिटोभन्दा छिटो समाधन खोज्न सरकारसँग  माग गरेको छ ।235d56c59998906b4f93e0cd196be092.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार