काठमाडौं, २ चैत । उच्चस्तरीय आयोगले सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
आयोगले प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएकोमा भण्डारी पनि एक हुन्। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा उनलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको हो।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए।
उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो।