• आइतबार, १४ भदौ २०८३
  • images

    अपरिचितलाई विश्वास गर्दा २२ दिनको बच्चा चोरी 

    अपरिचितलाई विश्वास गर्दा २२ दिनको बच्चा चोरी 

    शुक्रबार, फागुन ११ २०८०
    शुक्रबार, फागुन ११ २०८०
    अपरिचितलाई विश्वास गर्दा २२ दिनको बच्चा चोरी 

    काठमाडौं, ११ फागुन । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काभ्रेकी एक महिला २२ दिनको बच्चालाई जण्डिसको उपचार गर्न जाँदा उनको बच्चा चोरी भएको छ । 


    बच्चा लिएर घाम तापिरहेकी ती महिलालाई एक अपरिचित व्यक्तिले आफू अस्पतालमा रिपोर्ट लिन आएको बताएका थिए । बच्चा नलिइ जाँदा लामो लाइन बस्नुपर्ने भन्दै एकैछिन उनको बच्चा मागेका थिए ।

    अर्को व्यक्तिलाई रिपोर्ट दिन सहज गर्नका लागि आफ्नो २२ दिनको बच्चा दिएपछि उनी धेरैबेरसम्म आएनन् । नआएपछि खोजी सुरु भएको थियो । अस्पतालको सिसिटिभीमा ती व्यक्तिले बच्चा बोकेर दुई नम्बर गेटबाट बाहिरिएको देख्न सकिन्छ । 


    अस्पतालका निर्देशक डा.श्री प्रसाद अधिकारीले बच्चालाई जण्डिस भएर ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको जानकारी दिए । 
    उनले पार्किङ क्षेत्रमा घाम ताप्ने मानिसलाई विश्वास गर्दा बच्चा हराएको बताए ।  

    चोरी भएको बच्चा जम्मा २२ दिनको रहेको  प्रहरीलाई बच्चाकी आमाले जानकारी दिएकी छिन्। उक्‍त घटनाको प्रहरीले छानविन गरिरहेको अस्पतालका निर्देशक श्री अधिकारीले जानकारी दिएका छन्।  उनले भने,  ुहामीकहाँ भर्ना भएको बिरामी होइनन्।

    ओपिडीमा जाँच्न आएकी महिलाले अपरिचितलाई बच्चाको जिम्मान लगाउँदा घटना घटेको पाइएको छ। थप छानविन जारी छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार