• आइतबार, १४ भदौ २०८३
  • images

    हजारौंको भिड भएपछि चारवटा अस्पतालबाट खोप प्रमाणीकरण  सुरु

    हजारौंको भिड भएपछि चारवटा अस्पतालबाट खोप प्रमाणीकरण  सुरु

    हेल्दीखबर
    शुक्रबार, साउन ८ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन ८ २०७८
    हजारौंको भिड भएपछि चारवटा अस्पतालबाट खोप प्रमाणीकरण  सुरु

    काठमाडौं । सरकारले विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम  चारवटा अस्पतालबाट हुने जानकारी दिएको  छ । खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा त्यहाँ अत्याधिक भीडभाड बढेपछि आजबाट चारवटा अस्पतालबाट उक्त सेवा शुरु गरिएको बताउनुभयो ।
    अब यस्तो प्रमाणित कागज लिन चहाने सेवाग्राहीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बु, सिभिल अस्पताल मीनभवन तथा पाटन अस्पतालबाट लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यबस्था गरेको छ ।
    ती अस्पतालहरुले निःशुल्क रुपमा यस किसिमको प्रमाणीकरणको कागजात उपलब्ध गराउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार