• आइतबार, १४ भदौ २०८३
  • images

    नेपालमा फैलिदै डेल्टा प्लस भेरियन्ट, नुवाकोटको त्रिशुली अस्पतालमा देखियो

    नेपालमा फैलिदै डेल्टा प्लस भेरियन्ट, नुवाकोटको त्रिशुली अस्पतालमा देखियो

    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    नेपालमा फैलिदै डेल्टा प्लस भेरियन्ट, नुवाकोटको त्रिशुली अस्पतालमा देखियो

     

    काठमडौ,२५ असार । नुवाकोटस्थित त्रिशुली अस्पतालमा  जनालाई डेल्टा प्लसको पुष्टि भएको छ । पिसिआर प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका ३ जनालाई डेल्टा भेरियन्ट संक्रमणको पुष्टि भएको छ  । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.दिपेन्द्र पाण्डेका अनुसार तीन जनालाई डेल्टा ९ बी.६.१.७.२० र एक जनालाई डेल्टा प्लस  बी १.६.७.२  के४१७एन प्रमाणित भएको छ । डा.पाण्डेका अनुसार प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको  हो । पाण्डेले अस्पतालले उक्त ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाएको जानकारी पनि दिनुभयो । 
    पहिलो लहरको कोरोना अल्फा भेरियन्ट र दोस्रो लहरको कोरोना डेल्टा भेरियन्टभन्दा डेल्टा प्लस ६० देखि १०० प्रतिशतभन्दा बढी संक्रामक हुने अध्ययनहरुले देखाएकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 

     

    trisuli-737x1024.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार