काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गजेन्द्रनारायण सिंह र भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा परिवर्तन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गजेन्द्रनारायणसिंह अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई नियुक्ति गर्नुभएको छ। उहाँ यसअघि केन्द्रीय कारागार अस्पतालका प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रमुख कन्सल्टयान्ट चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईंलाई मेसुमा नियुक्त गरिएको छ।मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले ती दुई अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट परिवर्तन गरिएको बताउनुभयो।