• आइतबार, १४ भदौ २०८३
  • images

    कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु

    कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु

    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु

    काठमाडौं । आजदेखि कान्ति बाल अस्पतालले बच्चाहरुको लागि पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु गरेको छ ।

    पेडियाट्रिक पल्मोनोलोजिष्ट डा.जगतजीवन घिमिरे नेतृत्वको टोलीले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु गरेको हो । यस ओपिडीमा निमोनिया, बच्चामा हुने दम, निद्रामा घुर्ने, सास फेर्न गाह्रो हुने लगायत छातीरोग सम्वन्धी सम्पूर्ण उपचार हुनेछ ।

    सुरुमा साताको २ दिन सोमबार र विहीबार मात्र ओपिडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार