• आइतबार, १४ भदौ २०८३
  • images

    पहिलोपटक कान्तिबाल अस्पतालमा पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ अध्ययन सुरु

    पहिलोपटक कान्तिबाल अस्पतालमा पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ अध्ययन सुरु

    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    पहिलोपटक कान्तिबाल अस्पतालमा पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ अध्ययन सुरु

     काठमाडौं । कान्ति बाल अस्पतालमा तीन वर्षे पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु भएको छ।
     कान्तिबाल अस्पतालका निर्देशक डा अजित रायमाझीले अस्पतालले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पस अन्तरगत कान्ति बाल अस्पतालमा व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो।  
    कान्तिबाल अस्पतालका निर्देशक डा अजित रायमाझीले आजदेखि तीन वर्षे  कार्यक्रमको औपचारिक सुरुवात भएको बताउनुभयो । 

    उहाँले एक वर्षदेखि नर्सिङ  कार्यक्रमका लागि पहल गरेको जानकारी दिदै भर्ना भएका १६ जना विद्यार्थीलाई औपचारिक  रुपमा अध्ययन सुरु गरेको बताउनुभयो । 
    यो कार्यक्रम सुरु भएसँगै कान्ति बाल अस्पतालमा भएको नर्सिङ जनशक्ति अभाव पूर्ति हुनुको साथै क्रिटिकल केयरमा समेत सहज हुने उहाँको भनाइ छ।  चिकित्सा शिक्षा आयोगले नर्सिङ कार्यक्रमका लागि अस्पताललाई २० जनाको कोटा छुट्याएको छ।
    निर्देशक रायमाझीले बढ्दो सहरीकरणसंगै बच्चाहरुमा पनि रोड ट्राफिक एक्सिडेन्टका घटना बढी रहेको र आकस्मिक तथा आइसियूमा उपचार गर्नुपर्ने गम्भीर केस बढिरहेको भन्दै त्यसका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार