• आइतबार, १४ भदौ २०८३
  • images

    वीर अस्पतालमा ८३१ दरबन्दी संख्या थप, नर्सिङको मात्र १६५ थपियो

    वीर अस्पतालमा ८३१ दरबन्दी संख्या थप, नर्सिङको मात्र १६५ थपियो

    बेड संख्या ४६० बाट बढाएर ९६६ पु¥याइयो

    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    वीर अस्पतालमा ८३१ दरबन्दी संख्या थप, नर्सिङको मात्र १६५ थपियो


    २४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पुर्‍याएको छ  । यसअघि ४६० बेड संख्या रहेकोमा त्यसलाई बढाएर ९६६ पुर्‍याइएको हो ।  यस्तै  वीरमा ८३१ कर्मचारीको दरबन्दी थप गरिएको छ  भने १९ विभागलाई बढाएर २९ वटा र ७ इकाईलाई बढाएर ९ पुर्‍याइएको छ ।

    थपिएका दरबन्दीमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिव समेत छन् । २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो । दरबन्दी थपिएका १८६ जनासँगै वीरमा चिकित्सकको संख्या ३६० पुगेको छ । थपिएका चिकित्सकमा ११ औं तह प्रमुख कन्सल्ट्यान्टका १७ जना, नवौं र दशौं तह कन्सल्ट्यान्ट ११६ जना, आठौं तह मेडिकल अधिकृत ४९ जना र डेन्टल सर्जन चार जना रहेका छन् ।  यसअघि ११ औं तहका चिकित्सक ३७ जना, दशौं र नवौं तहका चिकित्सक ७३ जना र मेडिकल अधिकृत ६४ जना रहेका थिए ।

    यसअघि १८ जना इञ्चार्ज  र स्टाफ नर्समा १६५ जनाको दरबन्दी रहेको वीर अस्पतालमा नयाँ दरबन्दी ७०४ जना थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ । यसैगरी स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौं र सातौं गरी ५३ दरबन्दी थपिएको छ ।

    त्यसैगरी श्रेणीविहीन कर्मचारीको १५५ दरबन्दी कटौती गरिएको छ । श्रेणीविहीन कर्मचारीको दरबन्दी यसअघि २३३ थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार