• आइतबार, १४ भदौ २०८३
  • images

    कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित, समन्वय महाशाखामा रिता

    कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित, समन्वय महाशाखामा रिता

    हेल्दीखबर
    शुक्रबार, भदौ ४ २०७८
    हेल्दीखबर
    शुक्रबार, भदौ ४ २०७८
    कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित, समन्वय महाशाखामा रिता

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझीलाई जिम्मेवारी दिएको छ। आज मन्त्रीस्तरीय निर्णयले डा. रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएको हो। बाल रोग विशेषज्ञ डा. रायमाझी कान्तिका पुर्व निर्देशक समेत हुन्। गत साउन १९ गते राज्यमन्त्री उमेश श्रेष्ठले डा. आरपी बिच्छालाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएसँगै सो पद खाली भएको थियो। 
    मन्त्रालयले पुर्व निर्देशकको रूपमा कुशल नेतृत्व वहन गरिसकेका र कान्तिको समस्यालाई राम्रोसँग बुझिसकेकाले पुन निर्देशकमा डा. रायमाझीलाई जिम्मेवारी दिएको जनाएको छ। कान्तिबाट विभागमा सरुवा भएपछि डा. बिच्छाले अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए। त्यसैगरी, लामो समयदेखि रिक्त रहेको मन्त्रालयको स्वास्थ्य समवन्यको जिम्मेवारी रिता भण्डारीलाई दिइएको छ। भण्डारी हेल्थ इन्स्पेक्सन समूहकी हुन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार