• आइतबार, १४ भदौ २०८३
  • images

    एक करोड ३१ लाख डोज खोप सुनिश्चित, दुई करोड भन्दा बढी  खरिद प्रक्रियामा

    एक करोड ३१ लाख डोज खोप सुनिश्चित, दुई करोड भन्दा बढी  खरिद प्रक्रियामा

    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    एक करोड ३१ लाख डोज खोप सुनिश्चित, दुई करोड भन्दा बढी  खरिद प्रक्रियामा


    काठमाडौं,२९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गर्नुभएको छ । उहाँले विभिन्न देशमा एक करोड ३१ लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिनुभयो । 
    सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै  ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । 

    उहाँले १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको जानकारी दिदै अब नेपालमा खोपको अभाव नहुने बताउनुभयो । साथै उहाँले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिनुभयो । 

    ओलीले जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौँता भएको जानकारी दिनुभयो । उहाँले भारतबाट ११ लाख अनुदान र १० लाख डोज कोभिसिल्ड खरीद गरि , चीनबाट १८ लाख अनुदान र ८ लाख डोज भेरोसेल खरीद गरि , अमेरिकाले कोभ्याक्स सुविधाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप नेपाल आइसकेको बताउनुभयो । 
    सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसक्नु भएको छ । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार