काठमाडौं, २९ असार । जापान सरकारले नेपाललाई १६ लाख मात्रा कोरोना विरुद्धको खोप अनुदानमा दिने भएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप छिटै नेपाल आइपुग्नेछ । जापानले अस्ट्राजेनिका खोप नेपाललाई कोभ्याक्स सुविधा अन्र्तगत उपलब्ध गराउन लागेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जापानले खोप उपलब्ध गराउन लागेको खोप केहि दिन भित्रै आउने बताउनुभयो ।
जापान सरकारले आधिकारिक रुपमा खोप दिने सूचना दिइसकेको जानकारी दिदै महानिर्देशक सिंहले यहि दिन आउँछ भनेर नतोकिए पनि केहिदिन भित्रै खोप आउने उल्लेख गर्नुभयो ।
नेपालस्थित जापानी दूतावासद्वारा विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख मात्रा खोप दिने जानकारी गराएको हो ।
उक्त खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो मात्र लगाएका नागरिकलाई लगाउन मिल्ने छ । उक्त अस्ट्राजेनिका खोप प्राप्त भएसँगै कोभिशिल्ड पहिलो मात्रा लगाएका व्यक्तिले उक्त खोप लगाउने आशा गरिएको छ ।