• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    जापानले कोभ्याक्समार्फत नेपाललाई कोरोना खोप दिने

    जापानले कोभ्याक्समार्फत नेपाललाई कोरोना खोप दिने

    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    जापानले कोभ्याक्समार्फत नेपाललाई कोरोना खोप दिने


    काठमाडौं,२९ असार । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।

    उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ । जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् । मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०र१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार