काठमाडौं । जापानबाट अनुदानमा ६ लाख मात्रा अस्ट्राजेनिका खोप भोलि काठमाडौंमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ । सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।