• आइतबार, १४ भदौ २०८३
  • images

    आज बाट कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमविविएसको  अध्ययन सुरु हुने

    आज बाट कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमविविएसको  अध्ययन सुरु हुने

    उद्घाटनका लागि राष्ट्रपति कर्णाली जाँदै

    हेल्दीखबर
    आइतबार, मंसिर २६ २०७८
    हेल्दीखबर
    आइतबार, मंसिर २६ २०७८
    आज बाट कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमविविएसको  अध्ययन सुरु हुने


    काठमाडौं । आज देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा तर्फको स्नातक तह (एमबीबीएस) तहमा अध्ययन सुरु हुँदैछ । 
    यहि वर्षबाट चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र तर्फ एमविविएस अध्ययन गर्न स्वीकृत दिएको थियो । 
    आज प्रतिष्ठानमा एक भव्य समारोहबीच एमविविएसको अध्ययन सुरु हुन लागेको हो । त्यसको औपचारिक कार्यक्रमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राष्ट्रपति विद्यादेवी भण्डारी आज जाँदै हुनुहुन्छ । 
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक एमविविएस सहित वि फार्मा,स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको लागि अध्ययन सुरु भएको हो । 
    चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो वर्षबाट एमविविएसमा २० जना पढाउनको लागि संख्या समेत तोकिदिएको थियो । यस्तै स्नातक तह फार्मेसीमा पनि आयोगले २० जना पढाउनलालई स्वीकृति दिएको छ । 
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आजबाट कर्णालीमा स्नातक तहमा एमविविएस लगायत वि फार्मा,जनस्वास्थ्य र ब्याचलर अफ नर्सिङमा अध्ययन सुरु भएको जानकारी दिनुभयो । 
    प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरुलाई गत हप्ता आइतबारबाट अभिमुखिकरण (ओरेन्सियल) दिन सुरु गरिएको थियो । 
    उहाँले २० सिटमध्ये  १५ सिट पूर्ण छात्रबृत्ति र पाँच सिट सशुल्कमा अध्ययन हुने हो । उपकुलपति रावलले चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा पास गरी आएका विद्यार्थीहरु भर्ना भइसकेको छन् । 
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल तीन बेड क्षमताको  अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १६ बेडको सघन उपचारकक्ष (आइसीयू) र चार बेडको  शल्यक्रिया कक्ष समेत रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार