• आइतबार, १४ भदौ २०८३
  • images

    कर्णाली प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई  अदालतको न्याय, स्वास्थ्यमन्त्रीको निर्णय बदर 

    कर्णाली प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई  अदालतको न्याय, स्वास्थ्यमन्त्रीको निर्णय बदर 

    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक २९ २०७८
    कर्णाली प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई  अदालतको न्याय, स्वास्थ्यमन्त्रीको निर्णय बदर 


    काठमाडौं ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई अदालतले न्याय दिएको छ। उहाँहरुलाइ  काम गर्न रोक लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको हो । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम गर्न रोक लगाएर निरेश थापालाइ निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो। 
    उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले डा. रावल र महतलाई काममा रोक लगाउन निर्णय तत्काल कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको  हो। 
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावलले आफूहरुलाई अन्यायपूर्वक हटाइएकोमो अदालतले न्याय दिएको  बताउनुभयो । डा. रावल र महतले आइतबार आफूहरुलाई काम गर्न रोक लगाउने निर्णयमा रोक लगाउन माग गर्दै रिट दायर गर्नुभएको थियो । 
    यही कार्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट उहाँहरुलाई उपकुलपति र रजिस्टारको हैसियतमा कामकाज गर्न रोक लगाइएको थियो 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार