काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले दैनिक कामकाज गर्न स्वास्थ्य मन्त्रालयले रोक लगाएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ति जनाउनुभएको छ ।
उपकुलपति डा. रावलले फेसबुकमा असन्तुष्टि जनाउँदै आफूले दश वर्षसम्म कर्णालीको स्वास्थ्य क्षेत्रमा बगाएको पसिनाको अपमान भएको बताउनुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ ‘करिव एक दशक कर्णालीको स्वास्थ्य सेवामा मैले बगाएको पसिनाको पुरस्कार
३धन्य प्रेत आत्माहरु
३मानबिय सम्बेदना मरेपनि न्याय मरेको छैनहोला
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम गर्न रोक लगाउनुभएको थियो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उपकुलपति डा।मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत विवादमा आएपछि तत्काललाई काम गर्न रोक लगाएको जानकारी दिनुभएको छ ।
रजिष्ट्रार र उपकुलपतिको नियुक्ति प्रक्रियामै त्रुटि भएकोले कामकाजमा रोक लगाएको मन्त्री खतिवडाको भनाई छ ।
रावललाई तत्कालीन स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले २०७७ चैत २२ गते प्रतिष्ठानको उपकूलपतिमा नियुक्त गर्नुभएको थियो ।
